नेपालमा दुई जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

नेपालमा दुई जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि



काठमाडौ- नेपालमा दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण देखिएको छ । पर्सामा एकैपटक ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । जसमा दुई पत्रकारसमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

“संक्रमित जिल्लाका अगुवा पत्रकार हुनुहुन्छ,” उनले भने, “रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनुभएको थियो तर रिपोर्ट पोजेटिभ आएको रहेछ ।”

आज थप ३९ संक्रमितहरू वीरगन्ज उपमहानगरका वडा २, ३, ११, १६ र १७ का हुन् । उनीहरूलाई कहाँ राख्ने विषयमा छलफल चलिरहेको उपाध्यायले जानकारी दिए । उनले फिल्डमा खटिने सञ्चारकर्मीमा समेत अति जोखिम रहेको भन्दै जोगिएर रिपोर्टिङ गर्न आग्रह गरे ।

देशभरमा आज ५७ संक्रमित देखिँदा पर्साका ३९ र बाराका एकजना छन् । यस्तै कपिलवस्तु र रूपन्देहीमा क्रमशः ८ र ९ जनामा संक्रमण देखिएको छ ।

योसँगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ । यस्तै ३३ संक्रमित उपचारपछि डिस्र्चाज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।