दुई पत्नी भएका सल्यानका एक वडाध्यक्ष अर्कैकी पत्नी लिएर फरार
सल्यान- सल्यानका एक वडाध्यक्ष अर्कैकी पत्नी लिएर फरार भएका छन् । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका हुन् ।
उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।