पाथीभरामा के हुन्छ यस्तो, 'भीआईपि'लाई सास्ती - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

पाथीभरामा के हुन्छ यस्तो, ‘भीआईपि’लाई सास्ती



ताप्लेजुङ – पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरूको प्रायः उडान प्रतिकूल मौसममा हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्चपदस्थ व्यक्तिहरू पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर र्फकने गरेका छन् ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पाथीभरा दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना हुँदा उनीसहित सात जनाको ज्यान गयो । प्रतिकूल मौसम बेवास्ता गर्दै हेलिकप्टर उडाइएकाले दुर्घटनामा परेको टीकाटिप्पणी भइरहेको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ कात्तिक १० गते पाथीभरा दर्शनका लागि आएकी थिइन् ।

बाक्लो कुहिरोका कारण मन्दिर परिसरमा हेलिकप्टर अवतरण हुन नसकेपछि उनी एक घण्टा सदरमुकाम फुङलिङमै रोकिनुपरेको थियो । सेनाको ब्यारेकबाट गरिएको दोस्रो प्रयासमा मात्रै उनी मन्दिर पुग्न सफल भइन् ।