ओली समुहका सांसदलाई पनि सोधियो स्पष्टिकरण - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

ओली समुहका सांसदलाई पनि सोधियो स्पष्टिकरण



काठमाडौं- नेकपा (एमाले)मा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओली पक्षका नेतालाई पनि स्पष्टिकरण सोधिएको छ ।

एमालेको सुदूरपश्चिम संसदीय दलले ओली निकट प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।

पूर्वमन्त्री समेत रहेका प्रदेश सांसद पठानसिंह बोहरालाई प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको हो ।

बोहरालाई सोधिएको स्पष्टीकरणमा संसदीय दलका नेता प्रकाशबहादुर शाहको हस्ताक्षर छ ।