विप्लवका नेताले राष्ट्रपतिका हातबाट पदक पाएपछि... - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

विप्लवका नेताले राष्ट्रपतिका हातबाट पदक पाएपछि…



सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक नेतालाई सरकारले प्रवल जनासेवाश्री पदक दिएको खुलासा भएको छ ।

विप्लव समूहका शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले आइतबार राष्ट्रपतिका हातबाट प्रवल जनसेवाश्री पदक थापेका थिए । सरकारले विप्लव समूहमाथि प्रतिबन्धित गरेपछि देशभरबाट सयौं नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

पाठक केन्द्रीय अध्यक्ष रहेको अखिल नेपाल शिक्षक संगठनका कतिपय जिल्ला अध्यक्ष र सो भन्दा तलका शिक्षकलाई समेत पक्राउ गरिएको छ । तर, केन्द्रीय अध्यक्ष भने पदबाट विभूषित भए । पाठक बुटवल उपमहानगरपालिका–१० मा रहेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक हुन् ।

पाठकले आफूले विप्लव समूहमा लागेका कारण नभई शैक्षिक क्षेत्रमा योगदान पु¥याएबापत पदक पाएको बताए । उनले आफू शिक्षक भए पनि कुनै दलप्रति वैचारिक निष्ठा राख्नु अपराध नभएको तर्क गरे ।