७८ लाख घुस लिएका पाठक विशेष अदालतमा हाजिर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । ७८ लाख घुस लिएको आरोपमा मुद्धा खेपिरहेका पाठक बुधबार विशेष अदालतमा सुटुक्क हाजिर भएका हुन । उनको अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।
भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो । मुद्धा दायर भएपछि उनी फरार रहेका थिए । सार्वजनिक पदधारण गरेका व्यक्तिले गरेका अनियमितता र भ्रष्टाचारको अनुसन्धान अभियोजन गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्तले पदमा रहँदा घुस मागेको विषयमा पहिलो पटक विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
छानबिनका क्रममा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने नाममा पूर्वआयुक्त पाठकले घुस मागेको आरोप लागेको थियो।पैसा दिएर पनि विवाद नमिलाइदिएपछि गोप्य रूपमा खिचिएको भिडिओ सार्वजनिक भएको थियो।

