येशुको नाममा भ्रम फैलाउने पास्टर आचार्यलाई जेल सजाय - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

येशुको नाममा भ्रम फैलाउने पास्टर आचार्यलाई जेल सजाय



काठमाडौं। गतबर्ष कोरोना भाइरस संक्रमण तीव्र रहँदा चर्चामा आएका पास्टरलाई जेल सजाय भएको छ। ‘प्रभु येशुको नाममा हटिजा’ भनेको भिडियो भाइरल भएका कास्कीका पास्टर केशव आचार्यलाई २ वर्ष कैद सुनाइएको हो।

पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर रहेका आचार्यलाई डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यले त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गरेको छ। उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाइएको हो।