वहुप्रतिभाका धनी नेत्रको 'पसिना'(भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

वहुप्रतिभाका धनी नेत्रको ‘पसिना'(भिडियो सहित)



हिमाल पोस्ट / कैलाली ।

नेपाली लोक दोहोरी क्षेत्र मा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार हुन नेत्र भण्डारी । अहिले सम्म दर्जनौँ गीत हरू बजार मा ल्याइसकेका उनी हरेक प्रकारका गीत गाउन सक्ने तथा आफै शब्द सङ्गीत गर्न सिपालु संगितकर्मि पनि हुन ।

गायक भण्डारीको आवाजमा रहेका थुप्रै चर्चित गीतहरूमा स्याउ ल्याइदिउ कि केरा , माया लाउने निहुँमा , चुप्प लाग चुप्प् अत्यधिक सफल भएका गीत हुन । त्यस्तै काली मन परि , डार्लिङ आइ लभ यु , हार्दिक श्रन्दान्जलि र नियति पनि उनका सफल गीत हुन ।

भर्खरै मात्रै नेपाली नारी नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर उनको आवाज मा रहेको गीत भाचम कम्मर भाचम बजार मा आयको थियो र फेरी पनि उनको आवाज अनि लय मा सन्ध्या के सी को शब्द मा महिना विश्वकर्मा को तीज गीत पसिना मालती डिजिटल मार्फत बजार मा आयको छ ।

साङ्गीतिक बजारमा आफूलाई सफल निर्देशकको रूपमा स्थापित गर्दै पछिल्लो समय निकै व्यस्त र चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा उत्कृष्ट अभिनय मार्फत धेरै दर्शकको मन जित्न सफल मोडल सुमन परियार र करिश्मा ढकालको अभिनय रहेको छ भने अजय रेग्मीको छायाङ्कन साथै दीपक विष्टको सम्पादन रहेको छ ।