पशुपति शमशेरले गरे सरकारकै कारण देश टाट पल्टने संकेत - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पशुपति शमशेरले गरे सरकारकै कारण देश टाट पल्टने संकेत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले देश नै टाँट पल्टाउने बिउ रोपेको आरोप लगाएका छन् ।

देशमा आर्थिक संकट भएकै बेला बनाएको बजेटमा पनि ख्याल नगरी बनौनाले यस्तो अवस्था आएको उनको आरोप छ । बजेट बनाउने बेला आर्थिक संकटको बेवास्ता गरेर सरकारले असावधानी अपनाउँदा समस्या बढेको उनले दाबी गरेका छन् ।

बन्दाबन्दीको समयमा राजस्व घट्छ, आर्थिक संकट आउन सक्छ भनेर बेलैमा सजग गराउँदा पनि सरकारले सुझाव नसुनेको राणाको भनाइ छ ।

‘बजेट पेस हुनु अगावै मैले सरकारलाई अब आउने संकटबारे सचेत गराएको थिएँ । बन्दाबन्दीको कारण भंसारबाट उठ्ने राजस्व घट्छ भनेकै थिएँ । राजस्वको मूल स्रोत सुकेपछि पर्ने संकटबारे सरकारलाई सजग रहन आग्रह गरेको थिएँ,’ उनले मंगलबार ट्विट गर्दै भने, ‘तर बजेटले त्यो गम्भीर समस्या बेवास्ता गर्‍यो, देश टाँट पल्टाउने बिउ रोप्यो ।’

विकसित घटनाक्रमप्रति टिप्पणी गर्दै राप्रपा अध्यक्ष राणाले भने, ‘राज्य सञ्चालनका लागि मासिक आवश्यक्ता ४० अर्ब रुपैयाँ छ । भन्सारबाट १५ अर्ब, आन्तरिक राजस्वबाट केही अर्बमात्र संकलन हुने अवस्था छ ।’

सरकारकै असावधानीका कारण समस्या गम्भीर बनेको भन्दै उनले भने, ‘यसैले ठूलो आर्थिक संकट सामना गर्नु परेको भन्दै अर्थमन्त्री बिलौना गर्दैछन् । बजेट ल्याउँदा सुकुल गुण्डा तवरले डम्फु फुक्ने, अहिले समय घर्केपछि पछुताएर काम छैन ।’