पशुपति सम्पर्क मंच र ईन्डियन रेड्क्रस सोसाइटीको संयुक्त आयोजनामा नयाँ दिल्लीमा रक्तदान - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

पशुपति सम्पर्क मंच र ईन्डियन रेड्क्रस सोसाइटीको संयुक्त आयोजनामा नयाँ दिल्लीमा रक्तदान



हिमाल पोस्ट/ नयाँ दिल्ली, १५ फागुन

रक्तदान जिवन भन्ने नाराका साथ भारतको राजधानी नयाँ दिल्लीको कालकाजी नजिकै श्री पशुपति सम्पर्क मंच र ईन्डियन रेड्क्रस सोसाइटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।नेपाली राजदूतावासका एस एस पि यादब राज खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्ति कार्यक्रममा हिन्दु रास्ट्र पुनः स्थापन मंचका संस्थापक अध्यक्ष ई बिष्णु प्रसाद बराल ,ग्लोबल हेल्थ अर्गनाइजेसनका कृष्ण राज गैरे ,मोर्ड्न ईरा टुर एण्ड ट्रावल्सका दलिप पौडेल साथै भारतमा रहेका विभिन्न राजनैतिक एवम गैर राजनैतिक संस्थाका प्रतिनिधिको बाक्लो उपस्थित रहेको थियो ।

उक्त संस्थाले प्रतेक बर्ष रक्तदान सिविर संचालन एवम शारीरिक अस्वस्त बिध्यार्थीलाई कापीकलम बितरण गर्दै आएको छ ।यो बर्ष पनि दृष्टि बिहिन बिद्यार्थिलाई सालभरको खनाखर्च ,विल्चियर आदि बितरण गरेक छ । विभिन्न समयमा भारतमा आम नेपालीले रगतको अभावमा अकालमै ज्यान गुमाउनु परेको हुदा यस्तो कार्यक्रमबाट सहयोग गरिरहेको संस्थाका महासचिव रमेश शर्मा लम्साल बताइनु हुन्छ ।उहाँ थाप्नु हुन्छ आज पनि करिब ४५ युनिट ब्लड जम्मा भएको छ यदि कसैलाई अत्यावश्यक परेको खण्डमा हामीलाई समपर्क गरे हामी उपलब्ध गराउछौ ।

रक्तदान कार्यक्रम संग सङै बिशाल भण्डाराको पनि आयोजना गरिएको थियो जसमा करिब १००० भन्दा बढीलाई खाना खुवाईएको संस्थाका अध्यक्ष तुल्सी ढकाल बताउनु हुन्छ ।सेवा नै धर्मा हो सेवा गर्दैमा हामी सानो हुदैनौ बर्षमा ३६५ दिन हुन्छ एक दिन समाज सेवामा दिनु कुनै नौलो कुरा हैन बरु आत्म सन्तुष्टि मिलेको आभास हुन्छ ढकाल भन्नू हुन्छ । कार्यक्रम तुल्सी ढाकालको अध्यक्षता र रमेश शर्माको संचालनमा सम्पन्न भएको थियो