दैनिक उपभोग्य सामाग्रीका पसल सञ्चालनमा ल्याउने - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

दैनिक उपभोग्य सामाग्रीका पसल सञ्चालनमा ल्याउने



विशाल पाण्डे/कैलाली
कोरोनाको जोखिम रोक्नका लागि गत मंगलबार देखि नेपाल सरकारले पुरै देश लकडाउन गरेको छ। संघीय सरकारले लकडाउनको अवधीमा अत्यावश्यक सेवा बाहेक सबै ठप्प पारिएको जनाएको छ।

कैलालीका बजारहरु पनि विगत चार दिन देखि बन्द छन्। जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको बैठकले भने दैनिक उपभोग्य सामाग्री प्राप्त हुने पसलहरु खुल्ला गर्ने निर्णय गरेको छ । वाणिज्य कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुन मगरले अत्यावश्यक समानहरु जस्तै दैनिक उपभोग्य वस्तु विक्रि गर्ने पसलहरु खुल्ला रहने बताए।

शुक्रवार बसेको बैठकमा किराना पसल, तरकारी, मासु, औषधी, ग्यास लगायतका अत्यावश्यक समानहरु उपलब्ध गराउने पसलहरु निर्वाध रुपमा संञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

बैठकमा आपुर्ती व्यवस्थापन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीको संयोजकत्वमा १२ सदस्यीय समिति समेत गठन भएको बताईएको छ ।