यी पर्यटनमन्त्री हुन कि नयाँ श्री ५ ?
काठमाडौं-एक आशा गरिएका मन्त्रीमध्ये पर्छन रविन्द्र अधिकारी तर, पछिल्लो समय जब उनि अनेक काण्डमा विवादित बनिरहेकाछन् । यसले एउटा जमातमा पुरै नैराश्यता सञ्चार भैरहेको छ ।
सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएर आफुै पैदल यात्रा हिडेको तस्वीर सामाजिक संजालमा भाईरल भएपछि पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पुन: आलोचित बनेका हुन् ।
सामाजिक संजालमा तस्वीरलाई लिएर अनेकौ टिकाटिप्पणी भएका छन् ।
राजा, महाराजाले पनि यसरी नेपाली सेनालाई प्रयोग नगरिएकोले यो हर्कत श्री ५ भन्दापनि बढी भएको सम्मको आलोचना सामाजिक सञ्जालमा भैरहेको छ ।
एउटा आशा गरिएको मन्त्री पनि खुइलिएको सम्मको आरोप उनलाई युवाहरुले लगाएका छन ।
सुर्खेत गएका मन्त्री अधिकारीलाई एक सुरक्षाकर्मीले छाता ओडाएर हिँडेका थिए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको ‘खोजी गर्न’ नागरिक उड्डयन तथा पर्यटन मन्त्री अधिकारी सुर्खेतमा पुगेका थिए ।
प्रदेशको राजधानी उपत्यकामा सम्भावना नभएकाले अब उपत्यकाबाहिर अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा हुने सम्भावना बोकेको विमानस्थलको खोजी गर्ने उद्देश्यका साथ मंगलवार सुर्खेतमा आएको उनले बताएका थिए ।
तस्वीर: सामाजिक सञ्जाल