पर्यटकीय गन्तव्य बन्दै घोडाघोडी
ललित जाग्री / कैलाली ।
घोडाघोडी ताल प्रदेश नंं ७ अन्तरगत कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा पर्ने एक रमणीय ताल हो । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताल लाई पर्यटकीय तथा पौराणिक दृष्टीकोण बाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । घोडाघोडी ताल अवलोकनका लागि देशका विभिन्न ठाँउमा रहेका आन्तरिक पर्यटक र छिमेकी देशका बाह्य पर्यटकहरु आउने गरेका छन् जसले गर्दा घोडाघोडी तालले चर्चा पाउन थालेको छ । प्रत्येक बर्ष घोडाघोडी ताल अवलोकन गर्ने पर्यटकहरुको संख्यामा बृद्धि हुन थाले पछि घोडाघोडी तालले वामे सार्दै गएको हो ।
पूर्व पश्चिम राजमार्गमा पर्ने धनगढी बजार बाट करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा अवस्थित छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यस आसपासमा रहेक अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुर्इ सय ४८ हेक्टर रहेको छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरू लाई यो तालले संरक्षण दिइरहेका पार्इए पछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको छ । घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ । माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाविक हो ।
विगतमा घोडाघोडी ताल क्षेत्रमा घुम्न आन्तरिक पर्यटकहरु मात्र आउने गरेको भए पनि पछिल्लो समय बाह्य पर्यटकहरु पनि आउन थाले पछि घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंच नेपालको तथाङ्क अनुसार घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको हो । यो वर्षको बैशाख देखी अहिले सम्म १ लाख २७ हजारले पर्यटकहरुले घोडाघोडी ताल क्षेत्रमा अवलोकन गरेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंच नेपालले बताएको छ । बैशाख महिनामा ६६ हजार ५ सय, जेष्ठ महिनामा ४२ हजार र असार १९ गते सम्म १८ हजार ५ सयले अवलोकन गरेका छन् । घोडाघोडी ताल क्षेत्रमा आन्तरिक र बाहय पर्यटकहरु घुम्न आउने गरेको संरक्षक पदम प्रसाद ढकालले जानकारी दिनुभएको छ । फाइल तस्बिर :