ओलीले पार्टीलाई लठिभद्र र कागजमा सीमित बनाए: माधव नेपाल - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ओलीले पार्टीलाई लठिभद्र र कागजमा सीमित बनाए: माधव नेपाल



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका छन् ।

उनले पार्टी अध्यक्षको भूमिका अभावमा नेकपाको पार्टी एकीकरणका काम अधुरो बनेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण पार्टी एकता प्रक्रिया नै ठप्प भएको बताए ।

‘आइ एम द स्टेट, आइ एम द पार्टी (म नै राज्य, म नै पार्टी) भन्ने ओलीको मनोगत शैलीका कारण पार्टीमा समस्या आएको बताउँदै नेता नेपालले भने, ‘पार्टी लठिभद्र अवस्थामा छ, पार्टी कागजमा सीमित गरियो ।’

पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूलाई ओलीले बीचको भूमिका खेल्न आग्रह गरेको तर आफूले त्यसलाई अस्वीकार गरेको बताउँदै नेता नेपालले भने, ‘ओलीको कार्यशैलीकै कारण पार्टी र सरकार दुबै स्वतःस्फूर्त रुपमा अगाडि बढ्न सकेन ।’

नेता नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भन्ने प्रावधान पार्टीको विधानमा लेखेर बुद्धि पुर्‍याएको उनले बताएका छन् । ‘बहुमतको निर्णय पार्टीको निर्णय लेखेर कस्तो बुद्धि पुर्‍याइएछ, ती मित्रले बिर्से माधव नेपाल यहि कमिटीको महत्वपूर्ण एक व्यक्ति हो भनेर,’ उनले भने ।