वाम एकता ओली र दाहालको स्वार्थमा अड्कियो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

वाम एकता ओली र दाहालको स्वार्थमा अड्कियो



काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया अगाडी नबढ्ने भएको छ ।

पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच सहमति जुट्न नसके पछि एकता अनिश्चित बन्दै गएको हो ।

नयाँ सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए तर चुनावपछि गर्छौँ भनेर पन्छिने मात्र काम भएको छ । कुनै पनि प्रक्रिया अगाडी बढ्न नसके पछि एकता अन्योल बन्दै गएको छ ।

केही नेताहरूले सरकार निर्माणमा व्यस्त हुन परेकोले एकता प्रक्रियामा समय दिन नसकेको बताएका छन् । यो भन्नु भनेको सरासर एकताको कुराबाट पन्छिनु मात्र हो । ‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान नयाँ सरकार गठनमा केन्द्रित हुनेछ । भन्नु उम्किनु मात्र हो ।

सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने समय लम्ब्याउने र आलटाल गर्ने काम मात्र गरेको माओवादी नेताहरूको आरोप छ ।

पटकौं पटक वान टु वान वार्ता बस्नु, कुनै कुरा बाहिर आउन नदिनु र दर्जनौँ पटक बस्दा पनि ओली र प्रचण्डका बिचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसक्नु भनेको एकताको प्रक्रिया अनिश्चित बन्नु हो ।