एमालेसँग पार्टी एकता नगर्ने प्लानमा प्रचण्ड - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एमालेसँग पार्टी एकता नगर्ने प्लानमा प्रचण्ड



काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता गर्ने मनस्थितिमा नरहेको नेपाली कांग्रेसका नेता प्रदिप गिरीले दाबी गरेका छन् ।

कृष्णप्रसाद भट्टराईको ९४औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता गिरीले एमाले माओवादीको एकता भएपनि प्रचण्डले एकता तोड्ने दाबी गरेका हुन् ।

उनले प्रचण्डमा चमत्कारिक शेली रहेको भन्दै प्रचण्डको प्रशंसा समेत गरेका थिए । ‘प्रचण्डजीको जुन चमत्कारिक शैली छ, त्यसमा अब दुईवटा कुरामात्र बाँकी छ’, नेता गिरीले भने, ‘अहिले नै उहाँ एमालेसँग एकीकरणमा जानुहुन्न अथवा एकीकरणमा गए त्यहीँका मान्छे लिएर ४० प्रतिशत बनाएर पार्टी तोड्नुहुन्छ।’

माओवादी–एमाले एक रहन नसक्ने दाबी गर्दै नेता गिरीले एकताबाट नभाग्न समेत आग्रह गरे ।