पार्टीमा ओलीको योगदान छैन भन्नेहरुको परीक्षा परिक्षा सुरू: प्रधानमन्त्री - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

पार्टीमा ओलीको योगदान छैन भन्नेहरुको परीक्षा परिक्षा सुरू: प्रधानमन्त्री



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिनुमा सत्तारुढ दलभित्रकै आन्तरिक कलह रहेको स्पष्ट पारेका छन्।

देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ दलभित्रकै केही नेताहरु प्रतिपक्षीभन्दा बढी आक्रामक भएको बताएका छन्।

‘ पार्टी बनाउन केपी शर्मा ओलीको केही योगदान छैन भन्नेहरुलाई आगामी निर्वाचनले परीक्षा लिने छ। निर्वाचनले उहाँहरुको प्रधानमन्त्री बन्ने सपना पनि पुरा गर्ने छ’, ओलीले भने।

सत्तारुढ दलभित्र आफ्नो काम सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालको काम पार्टी चलाउने भएपनि आफूलाई सरकार चलाउन पार्टीभित्रैबाट अप्ठेरो परेका कारण ताजा जनादेशका लागि जानु परेको बताएका छन्।