ओलीकै अगुवाईमा एमाले दर्ता भएको हो, पार्टी संकटमा छ: प्रचण्ड - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ओलीकै अगुवाईमा एमाले दर्ता भएको हो, पार्टी संकटमा छ: प्रचण्ड



काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा एमाले नामको पार्टी दर्ता भएको बताएका छन्।

आयोगमा सो पार्टी दर्ता हुनु र ओलीको दम्भ बढ्नुले पार्टी संकटमा रहेको उनले बताए। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले यसअघि ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको बताएका छन् ।

अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनले बताए। ‘पार्टीको विवाद समाधान गर्न वार्ता हुँदाहुँदै मुर्दावाद र जिन्दावादको नारा प्रधानमन्त्रीकै तर्फबाट लाग्यो, नीतिभन्दा पनि व्यक्ति प्रधान भयो,’ उनले भने।

नेपालकाे नक्सा पार्टीको बलमा प्रकाशित भए पनि व्यक्तिले गरेजस्तो देवत्वकरण गरिएकाे पनि उनकाे गुनासाे थियो।

एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए। ‘यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस हो’ प्रचण्डले भने ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो।’