दर्जनौं युवालाई पार्टी प्रवेश गराउँदै शशांकले भने: कांग्रेसबाट अब बुढाहरू 'आउट' - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

दर्जनौं युवालाई पार्टी प्रवेश गराउँदै शशांकले भने: कांग्रेसबाट अब बुढाहरू ‘आउट’



काठमाडौं- नेपाली का‌ंग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताउका छन्।

मंगलबार आफ्नै निवास महाराजगन्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा महामनत्री कोइरालाले कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका हुन्।

‘युवा प्रवेशसँगै पार्टीमा नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई खेर जान दिनु हुँदैन’, उनले भने।

मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन कांग्रेसको विजयी आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा अविश्वास जागेको बताए। उनले अन्याय र अत्याचारको विरुद्धमा युवाले आवाज उठाउनुपर्ने बेला आएको पनि बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जीवन परियार, कांग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्कालगायतको सहभागिता रहेको थियो।

सोही अवसरमा रामेछाप दोरम्बा गाउँका करिब तीन दर्जन युवा विभिन्न पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। नवप्रवेशीलाई महामन्त्री कोइरालाले माला, खादाद्वारा सम्मान गरेबका थिए। रासस