पार्टी फुटेपछि शंकर पोखरेललाई १० बुँदेको चिन्ता - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

पार्टी फुटेपछि शंकर पोखरेललाई १० बुँदेको चिन्ता



काठमाडौं- १० बुँदे सहमति भएको महिनौँ बित्दापनि केहि नबोलेका नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले विभाजन भएपछि कार्यदलले तयार पारेको १० बुँदे सहमतिको चिन्ता गरेका छन् ।

पार्टी एकताका नाममा पार्टीकै नेताहरूलाई लगातार आलोचना गरिरहेका नेता पोखरेलले अहिले आएर सहमतिको चिन्ता गरेका छन् । उनले सामाजिक संजालमा लेखेको स्टाटसमा धेरैले आलोचना गरेका छन् ।

पार्टी विभाजन भएपछि पोखरेलले १० बुँदे बाटोबाट अघि बढ्न पार्टी तयार रहेको जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुखद भएको टिप्प्णी गर्दै १० बुँदे सहमति कार्यन्वयन हुने बताए ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ।’

पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै पोखरेलले विचलित नभई षड्यन्त्रविरुद्ध लाग्नुपर्ने पोखरेलको भनाई छ ।

उनले थप लेखेका छन्, ‘विचार र सिद्धान्तले नै यस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ।’