पार्टी एकता :सहमती जुटेन - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

पार्टी एकता :सहमती जुटेन



नागरिक /काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ ।

दुवै दलका शीर्ष नेताहरुले पार्टी एकीकरण प्रक्रियाबाट कुनै हालतमा पछि फर्किने अवस्था नरहेको दाबी पटक पटक गर्दै आए पनि नयाँ पार्टीमा अधिकार बाँडफाँटका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अघि बढ्न नसकेको हो ।

दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन ।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुनेमा दुवै दलबीच लिखित सहमति भए पनि उनीहरुको अधिकार क्षेत्रबारे सहमति जुट्न नसकेको हो ।

एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच सहमति नहुँदा एकता प्रक्रिया जटिल बन्न पुगेको छ ।