पार्टी एकता:प्रचण्डको ठुलो भुल ,बिचार र सिद्धान्त विहीन राजनीति बोकेर कहाँ पुग्ने ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पार्टी एकता:प्रचण्डको ठुलो भुल ,बिचार र सिद्धान्त विहीन राजनीति बोकेर कहाँ पुग्ने ?



-रेसम रोका मगर (प्रदेश भूमि कतारबाट)

एमाले जनयुद्धका उपलब्धि र पहिचान विरोधी पार्टी भएको थाहा हुँदा हुँदै पनि एमाओबादीका निबर्तमान अध्यक्ष प्रचण्डले एकता गर्न जानु महाभुल गरेका छन्। उनले एमालेसँग एकता गरेर माओवादी नै विलय गराए भन्दा फरक नपर्ला। आफ्नो ब्याक्तिगत निहित स्वार्थको लागि १०बर्से सशस्त्र द्वन्द्वको तिलान्जली दिइसकेका छन्। पार्टी एकता पछि धर्मकर्म तिर व्यस्त प्रचण्डले भनेका छन् विगतमा भएको गल्तीको प्रायस्चित गर्दै पाप पखाल्न एकता गरेको हो।

इतिहास बाटै नामोनिसान मेटेर राजनीतिको पाप पखाल्ने यो कस्तो राजनीति हो ? यो अहिलेको टड्कारो कुरा हो।जहाँ हजारौँ नागरिक सहिद भए,सयौँ विधवा भए,लालाबाला टुहुरा भए,हजारौँ आमा बाबाको काख रित्याएर,सयौँ बेपत्ता पारेर सशस्त्र द्वन्द्वको नाम मा उग्रवामपन्थी भड्काब, नबसम्सोदनवाद हुँदै दक्षिणपन्थीमा पार्टी र सिङ्गो राजनीतिलाई विलय गराए।

अब इतिहासमै नाम नरहने गरी पूर्व एमाले र पूर्व एमाओबादी बिलय हुनुमा भारतीय बिस्तारवादको ठुलै ग्रेन्डडिजाएन भएको स्पष्ट भइरहेको छ। एकता पछि एमालेले फाइदै फाइदा लिए पनि एमाओबादी भने सम्पूर्ण रूपमा प्यारालाइसेस भएको छ। ना को मात्रै कम्युनिस्ट पार्टी, नाम राखेर मार्क्सवाद लेलिनबाद माओवादीको पथलाई छोडेर अगाडि पाइला चाल्दैछन।बिचार र सिद्धान्त विहीन राजनीति बोकेर कहाँ पुग्ने ?त्यसले उत्पन्न गर्ने बोझ कहाँ बिसाउने ?

नेपालको तत्कालीन परिवेशमा समाजवाद उन्मुख हुँदै गर्दा समाजवाद आइसक्यो भनी भ्रामिक कुरा लिएर असुन्तलित राजनीति को खेतीले कस्तो प्रभाव पर्ला ?त्यो सशस्त्र द्वन्द्व कता गयो होला ?घरघर सिहदरबारले लादेको करले कस्तो प्रभाव पार्ला ? जुन देश रेमिटेन्सको भरमा राष्ट्रको दैनिकी चलिरहेको छ त्यही देशमा विभिन्न नाममा जनता निचोरेर कसको लागि राजनीति गर्ने ?