पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल



काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल हुने भएका छन्।

दुई महिनाअघि सम्पन्न निर्वाचनबाट ५ वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका थिए। यीमध्ये पहिलो दल नेकपा एमाले र तेस्रो माओवादी केन्द्रबीच सोमबार राति एकता भएर ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको छ। नयाँ पार्टीले मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गराउने बताइएको छ।

‘दुवै अध्यक्ष कमरेडले मंगलबार आयोग गएर दल दर्ता गर्ने कार्यक्रम छ,’ एकता प्रक्रियामा सहभागी एक नेताले  भने।