पर्सामा फलफुल र तरकारी बिक्री गर्न रोक

कृष्णा यादव/वीरगंज
पर्साको बिरगंजमा बुधबारदेखि स्थानीय प्रशासनले फलफुल र तरकारी बिक्री बितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख बिष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको कमाण्ड पोस्ट बैठकले सोचेअनुसार व्यवस्थित हुन नसकेको र झन-झन बढी भिडभाड भैरहेकाले गर्दा फलफुल र तरकारी बिक्रि बितरणमा रोक लगाएको हो।
बैठकले सरकारले गरेको थप लकडाउनको अवधीलाई सफल बनाउनको लागि सबैले साथ दिन आग्रह पनि गरेका छन् ।
पहिलो चरणको लकडाउनमा विभिन्न ठाउँमा फलफुल र तरकारी बजार लाग्दै आएको थियो तर भिडभाड धेरै बढेकोले फलफुल र तरकारी बजार बिक्रीमा रोक लगाईको जनाइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कि, वीरगन्ज महानगरपालिका मेयर बिजय कुमार सरावगी, नारायणी अस्पतालकाका मेसु मदन उपाध्याय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त, चण्डी प्रसद गण का प्रमुख सेनानी मदनजङ्ग राणा र जिल्ला प्रशासन कार्यालका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत लगाएतको उपस्थिति रहेको थियो।

