संसद बैठक १५ गतेसम्मका लागि स्थगित - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

संसद बैठक १५ गतेसम्मका लागि स्थगित



प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।

नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।

सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् । केहीबेरपछि सूचना टाँस हुने संसद सचिवालय स्रोतले जनाएको छ ।