बैतडीका वडा सदस्यको शव भेटीयो - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

बैतडीका वडा सदस्यको शव भेटीयो



बैतडी– जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् ।

पार्कीको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।