परिवारभित्रै बलात्कारको त्रास - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

परिवारभित्रै बलात्कारको त्रास



हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् ।

बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ ।

नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् ।

आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।

किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।