परिक्षामा किताब हेरेर लेख्न पाउनु पर्छ: प्रचण्ड - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

परिक्षामा किताब हेरेर लेख्न पाउनु पर्छ: प्रचण्ड



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा प्रणाली पुँजीवादी शिक्षा प्रणाली भएको बताएका छन्।

काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै दाहालले वर्तमान शिक्षा प्रणालीले नेपाललाई सम्राज्यवादतर्फ लैजाने बताए। नेपालको अवैज्ञानिक शिक्षा प्रणालीले असमानता र सामाजिक विकृतिको अवस्था सिर्जना गरेको बताउँदै व्यावहारवादी शिक्षा प्रणाली आजको आवश्यकता रहेको उल्लेख गरे।

पुँजीवादी शिक्षा प्रणालीले परीक्षालाई आतंकको रुपमा विकास गरेको बताउँदै उनले खास विषयमा क्षमता भएका सबै विद्यार्थीलाई एउटै कसीमा राख्दा पुँजीवादी चेतना विकास हुने दाबी गरे।

‘परीक्षाका लागि पढ्नैपर्छ भन्ने दबाब नदिई विद्यार्थीलाई सहज ढंगले सल्लाह गरेर परीक्षा दिन पाउने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘किताब हेरेर लेख्न पाउने बनाइदिए पनि हुन्छ।’

शिक्षालाई दबाबको रुपमा नभएर जिम्मेवार र कर्तव्यको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ।