प्रदेश ७ मा अढाई लाख नागरिक जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

प्रदेश ७ मा अढाई लाख नागरिक जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य



नागरिक : धनगढी/ बझाङ ।
प्रदेश ७ का पहाडी जिल्लाका विभिन्न २५ ठाउँका बासिन्दा अहिले पनि तुइन प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।खोला तथा नदीमा पुल नहुँदा तुइनको सहारा लिनुपरेको हो । सरकारले तुइन विस्थापन घोषणा गरेको अढाइ वर्षमा सुदूरपश्चिमका ७ स्थानमा मात्रै पुल निर्माण भएका छन् । अझै २५ वटा तुइन प्रयोगमा छन् । प्रदेश ७ का सात पहाडी जिल्लाका स्थानीयले ठूला–साना नदी तथा खोला तर्न तिनै तुइन प्रयोग गर्छन् ।

पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुइन हटाउने निर्णय गरेका थिए । २०७२ असोज २५ गते प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुइन दुई वर्ष भित्र विस्थापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । ओलीले उक्त निर्णय गरेको अढाई वर्ष बितिसक्दा पनि प्रदेश ७ (सुदूरपश्चिम) तुइनमुक्त हुन सकेको छैन । खोला/नदी वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपूर्ण तुइनकै भर पर्नुपरेको छ । ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन पुगिसकेको छ । तैपनि यसतर्फ कुनै प्रयास भएको छैन ।
नागरिक दैैैनिकमा खबर छ ।फाइल तस्वीर :