प्रदेश ७ का मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रदेश ७ का मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक



‘मुख्यमन्त्री भट्टको आफ्नो नाममा घरसमेत छैन ‘

कैलाली । प्रदेश नम्बर ७ का  मुख्यमन्त्री सहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।

सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री भट्टको आफ्नो नाममा घरसमेत छैन । प्राय मन्त्रीहरूले सम्पत्ति विवरण श्रीमतीका नाममा देखाएका छन् । मुख्यमन्त्री भट्ट आफ्नो क्याबिनेटका सबै मन्त्रीहरू भन्दा गरिब देखिएका छ्न ।

केआईसिंह नगरपालिका ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने अढाई रोपनी जग्गा श्रीमती दुर्कादेवी भट्टको नाममा रहेको छ । मुख्यमन्त्रीको सम्पत्तिको नाममा ७० हजार बैङ्कमा, मोबाइल १ थान, १ तोला सुन र १५ तोला चाँदी मात्रै रहेको छ । एक लाख ४० हजार वित्तीय ऋण र २ लाख व्यक्तिगत ऋण रहेको मुख्यमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

कुन मन्त्रीको कति सम्पत्ति? हेर्नुस् विवरण