प्रदेश ७ का मुख्यमन्त्री भट्टले सुरु गरे स्वच्छ र स्वस्थ अभियान
धनगढी, कैलाली । देशै भरी नयाँ वर्ष २०७५ सालको सुरुवात सङ्गै उमंग गरि मनाउने सोचिरहदा यता प्रदेश नं ७ मा भने बर्षको पहिलो दिन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सरफाईका लागि कुच्चोे समातेर शनिबार बिहानै धनगढी बजार निस्कि ७ नं प्रदेश स्वच्छ र स्वस्थ अभियान प्रारम्भ गरे ।
‘स्वास्थ्यप्रति जिम्मेवार सम्बृद्धीको आधार’ भन्ने मूल नाराका साथ नयाँ वर्षको पहिलो दिनमा सरसफाई गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
शहरदेखि गाउँटोलसम्म स्वच्छ र स्वस्थ प्रदेशका लागि अभियानकै रुपमा अघि बड्ने मूख्यमन्त्री त्रिलोचन भट्टले बताए । योग शिबिरमा सहभागी भएका मूख्यमन्त्री भट्टले भने, ‘प्रदेशका नागरिक स्वस्थ भएमा मात्र स्वस्थ प्रदेशको कल्पना गर्न सकिन्छ, हामी स्वथ्य बन्नका लागि योग गर्न जरुरी छ ।’
समाजिक बिकास मन्त्रालयको आयोजनामा स्वच्छ र स्वस्थ प्रदेश अभियान अन्तर्गत सरकारका मन्त्री तथा नागरिकहरुले बजार सरसफाइ गरेका हुन । नयाँ बर्षको पहिलो दिनमा स्वस्थ र स्वच्छ प्रदेशको कार्यक्रम आयोजना गरिएको सामाजिक बिकास मन्त्रालयले बताएको छ ।
बजार सरसफाई तथा योग शिबिरमा आन्तरिक मामिला मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहरा, समाजिक बिकास मन्त्री दिर्घ सोडारी लगाएतका मन्त्रीको पनि सहभागीता रहेको थियो ।