प्रदेश ७: मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा भर्ना - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

प्रदेश ७: मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा भर्ना



धनगढी कैलाली । बैशाख २ गतेदेखि भर्ना अभियान सुरुभए सङ्गै प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पनि आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ  । अभियानलाई सार्थकता बनाउन र सामुदायिक विद्यालयमा पठाउन प्रेरित गर्नको लागि बुधबार बिहान धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय मावि पुगेर मुख्यमन्त्री भट्टले १४ वर्षीया कान्छी छोरी पुष्पालाई कक्षा ८ मा भर्ना गर्नुभएको हो ।

यसअघि पुष्पाले डोटीको के आइ सिंह गाउँपालिका – ६ फलेडीस्थित देवस्थल माविबाट कक्षा ७ पास गरेकी हुन  । उनकी जेठी छोरी लक्ष्मी डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित देवस्थल मावि कक्षा १० मा अध्ययनरत छिन् । त्यस्तै, छोरा विकास राजपुरस्थित सुजंग उच्च मावि कक्षा ११ मा पढ्दै छन् ।

भर्ना अभियान लाई सार्थकता बनाउन बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल ,धनगढी उपमहानगरपालिका प्रमुख नृप वड सहित विद्यालय पुग्नुभएको मुख्यमन्त्री भट्टले आफ्नी छोरी सहित अन्य ११ जना बालबालिकाहरुलाइ विद्यालयमा भर्ना गर्नुभएको थियो । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरिय बनाउन भर्ना अभियान मा सहयोग गरेको मुख्य मन्त्री भट्ट ले बताउनु भयो। पुष्पासँगै भर्ना भएका विद्यार्थीलाई मुख्यमन्त्री भट्टले पुस्तक पनि वितरण गर्नुभएको थियो ।