सरकारविरुद्ध विद्यार्थीहरुको प्रर्दशन - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

सरकारविरुद्ध विद्यार्थीहरुको प्रर्दशन



प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रर्दशन गरेका छन्।

सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको भन्दै नेविसंघसहितका प्रतिपक्ष दलमा आवद्ध ११ विद्यार्थी संगठनहरुले मंगलबार सरकारविरुद्ध काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म -यालीसहितको प्रर्दशन गरेका हुन।

सरकारले मुलुकमा सार्वजनिक जग्गा समेत हडप्ने काम गरेपछि त्यसको विरुद्धमा सडक संघर्ष सुरु गर्नु परेको नेविसंघका नेता ऋषिकेशजंग शाहले बताए। उनले मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।

‘२ तिहाईको सरकारको चमत्कार, हत्या, हिंसा बलात्कार’लगायतका नाराबाजीसहित सडक संघर्षमा उत्रिएका प्रर्दशनकारीहरुले भ्रष्टचार तत्काल नियन्त्रण गर्न, माध्यामिक तहसम्मको शिक्षालाई निःशल्क बनाउन आवश्यक कदम चाल्न पनि सरकारलाई चर्को दवाव दिएका थिए।