भारतीय अतिक्रमका विरुद्ध धनगढीमा प्रदर्शन - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

भारतीय अतिक्रमका विरुद्ध धनगढीमा प्रदर्शन



कैलाली । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा कैलालीको धनगढीमा पनि प्रर्दशन गरिएको छ । नयाँ युवा, नयाँ सोच,नेपालको आयोजनामा नेपालको भुमि फिर्ता गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरिएको हो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतको नयाँ राजनीतिक नक्सामा राखिएको भन्दै धनगढीको पार्कमोडबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्रीको कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो।

भारतिय विस्तारवाद मुर्दावाद, सिमा मिच्न पाईदैन् ,लिपु लेख हाम्रो हो ,कालापानी हाम्रो हो , ‘गो ब्याक इन्डिया’ जस्ता नारा लगाएर भारतको हस्तक्षेप बिरुद्ध प्रदर्शन गरिएको नयाँ युवा, नयाँ सोच धनगढीका अध्यक्ष ओमप्रकाश अवस्थीले जानकारी दिए ।