प्रभात मैनादी रुपन्देही सम्पर्क समाज गठन
बुटवल । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ मैनादी र रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ५ को अधेरिखोलामा स्थायी घर भई रुपन्देहीमा हाल बसोबास गरी अध्ययन तथा ब्यवसाय गरेर बसेका ब्यक्तिहरुको भेलाले प्रभात मैनादी रुपन्देही सम्पर्क समाज गठन गरेको छ ।
अशोक कुँवरको अध्यक्षतामा गठन गरीएको समितिमा ९ जना सदस्यहरु रहेका छन् । समितिको उपाध्यक्षमा मिन प्रसाद नेपाल(बिमल) सचिव शंकर बि.के, सह सचिव मधु पराजुलि, कोषध्यक्षमा कमल प्रसाद आचार्य छनोट भएका छन् । कार्यसमिति सदस्यहरुमा कृष्ण रणपाल, सन्तोष कुँवर, दिपक कुँवर र सन्दीप कुँवर रहेका छन्।
भेलाले बिधान मस्यौदा समितिको संयोजकमा कृष्ण बहादुर कुँवर चएन भएका छन् । भेलामा कमल नेपाल, बिष्णु आचार्य लगायतले बोलेका थिए । गोबिन्द बहादुरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शंकर बिकेले गरेका थिए ।