पर्वतमा भिषण पहिरो : दुईको शव भेटियो, सात जना बेपत्ता - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

पर्वतमा भिषण पहिरो : दुईको शव भेटियो, सात जना बेपत्ता



फाइल तस्बिर

काठमाडौं- पर्वतको कुश्मामा गएको भिषण पहिरोका परी २ जनाको ज्यान गएको छ बने ७ जना बेपत्ता भएका छन् । अहिले उद्धारका लागि नेपाली सेनासहितको टोली घटनास्थल पुगेको बताइएको छ ।

कुश्मा नगरपालिका- ३ दुर्लुङमा गएको पहरोमा केहि घरहरू पुरिएका छन् । शनिबारको भिषण वर्षाका कारण राति ९ बजे पहिरो गएको थियो ।

वडा नम्बर तीनका वडाध्यक्षका अनुसार मृत्यु हुनेमा एकजना कमला विक रहेकी छन् भने अर्का एकजनाको पहिचान हुन सकेको छैन ।