परराष्ट्रको फेरी अर्को गल्ती
काठमाडौं । गत शनिबारदेखि इण्डोनेसियामा आएको सुनामीमा ज्यान गुमाएकाहरुप्रति नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्रालयले पठाएको समवेदना सन्देशमा गम्भीर त्रुटी भएको मन्त्रालयले स्वीकार गरेको छ ।
उक्त समवेदना सन्देशमा भएको त्रुटिको विषयलाई लिएर समाजिक संजालमा सर्वत्र विरोध भएपछि परराष्ट्रमन्त्रालयले सच्याएको कुरा सञ्चार माध्यमहरुमा पठाइएको छ । तर उक्त जानकारीमा पनि गम्भीर त्रुटी दोहो¥याएर परराष्ट्रमन्त्रालयले आफ्नो छवि धमिल्याउने काम स्वयम्ले गरेको छ ।
मुलुकको परराष्ट्र सम्बन्ध स्थापना गर्ने निकायका अधिकारीबाट एउटै बिषयमा पटक–पटक त्रुटी दोहोरिनु कुनै पनि सरकारको हितमा हुँदैन । त्यसैले त्यस्ता अधिकारी उपर कारबाही प्रकिृया अघिबढाउन सर्वसाधारणको माग छ।