पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४



यूरोप भम्रणमा रहेको नेपाली टोलीको पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले डेढ सय रन पूरा गरेका छन्।

लण्डनको स्थानिय हैम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पारसले सय बलमा १ सय ५० रन रन पूरा गरेका हुन्। पारसको डेढसय रनसँगै नेपालले ३४ अोभरमा ४ विकेट गुमाएर २ सय ५४ रन बनाएको छ।

नेपालले जुलाई २९ तारिखमा लर्डसमा हुने त्रिकोणात्मक टी-२० र लगत्तै नेदरल्याण्डसविरुद्धको एेतिहासिक एक दिवसीय श्रृखंलाको तयारीका लागि पहिलो अभ्यास खेल हैम्पसायरसँग खेल्न लागेको हो।

यस्तै नेपालले जुलाई २३ मा सेन्ट क्रससँग टी-२०, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग टी २० को अभ्यास खेल खेल्नेछ।

नेपाल र नेदरल्याण्डसले एकदिवसीय मान्यता पाएको उपलक्ष्यमा एमसीसीले सम्मानस्वरुप उक्त टी-२० सीरिज अायोजना गरेको हो।

गत मार्चमा एक दिवसीय अन्तरार्ष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग साउन १६ र १८ गते दुई वटा खेलको ओडिआई श्रृंखला खेल्न लागेको हो। जिम्बाबेमा भएको विश्वकप छनोटमा हङकङ र पपुआ न्यूगिनीभन्दा अघि रहँदै (८ औं स्थान) रहेपछि नेपालले एक दिवसीय मान्यता हासिल गरेको थियो।
२०१४ मा एक दिवसीय अन्तराष्ट्रिय मान्यता गुमाएपछि नेदरल्याण्ड्सले त्यसयता पहिलोपटक नेपालसँग एक दिवसीय अन्तरार्ष्ट्रिय खेल खेल्न लागेको हो। सन् २०१५ देखि २०१७ सम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियन्सको उपाधि हात पार्दै नेदरल्याण्ड्सले एक दिवसीय मान्यता हासिल गरेको थियो। आठ टोली सहभागि सोही प्रतियोगितामा भने नेपाल सातौं बन्दै डिभिजन दुई खेल्दै विश्वकप छनोटमा सहभागी भई एक दिवसीय मान्यता प्राप्त गरेको थियो।

त्रिकोणोत्मक सीरिज खेलेपछि नेपाल पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। जुन नेपाली भेट्रान स्पिनर शक्ति गौचनको अन्तिम खेल हुनेछ। उनले यसअघि नै उक्त खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने बताइसकेका छन्।

सन् २००१ मा १७ वर्षमुनीको राष्ट्रिय टोलीबाट नेपाली जर्सीमा क्रिकेट खेल्न थालेका उनले १७ वर्ष बढी अविरल रुपमा क्रिकेट खेले। यसक्रममा नेपालले डिभिजन पाँच, चार, हुँदै एकमा स्थान बनायो भने टी–२० विश्वकप खेल्नुका साथै एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो।

३४ वर्षिय गौचन नेपाली क्रिकेटको सफलताका सारथि हुन्। उनले नेपालबाट १ सय ९१ खेल खेलेका छन्। १८ वर्षिय उमेरमा उनले सिनियर टोलीबाट एसीसी ट्रफीमा जुलार्इ २००२ मा अोमनविरुद्ध डेब्यू गरेका थिए।

शक्तिले नेपाली टोलीमा लामो योगदान दिएका छन्। अहिले राष्ट्रिय टोलीमा रहेका कप्तान पारस खड्का पनि उनीभन्दा २ वर्षपछिमात्रै सिनियर टोलीमा डेब्यू गरेका हुन्। पारसले मलेसियाविरुद्धको खेलमा २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

पछिल्ला दुर्इवर्षमा भने सन्दीप लामिछाने जस्ता यूवा स्पिनरहरु अाएपछि नेपाली टोलीमा पर्न शक्तिले संघर्ष गरिरहेका थिए। सुरुवाती एघारमा नपरेपनि उनी राष्ट्रिय टोलीमा भने कहिले छुटेनन्।

बंगलादेशमा २०१४ मा भएको टी-२० विश्वकपमा नेपाललार्इ २ जित दिलाउन शक्तिले महत्वपूर्ण भूमिका खेलेका थिए। अाइसीसीको मुख्य ठूलो प्रतियोगिता खेलेको त्याे नेपालले एउटामात्रै हो।हङकङ(८० रनले नेपाल विजयी) विरुद्ध चार अोभरको स्पेलमा ९ रनमात्रै खर्चेर ३ विकेट लिएपछि उनी म्यान अफ द म्याच चुनिएका थिए। जसमा उनले बाबर हायातको विकेट लिएका थिए। यस्तै अफगानिस्तानविरुद्ध ९ रनको जित हात पार्दा खेलमा जित हात पार्दा उनले मोहम्मद नाबीको सहित २ विकेट लिएका थिए।

सन् २०१२ मा भएको विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दा शक्तिले सबैभन्दा उत्कृष्ट बलिङ गरेका थिए। सिंगापुरविरुद्ध शक्तिले ९ अोभरमा ४ अोभर मेडन राख्दै ८ रनमात्रै खर्चेर १ विकेट लिए। मलेसियाविरुद्ध उनले १० अोभरमा ८ अोभर मेडन राख्दै २ रनमात्रै खर्चिएर ३ विकेट लिएका थिए। यस्तै डेनमार्कविरुद्ध पनि उनले ७ अोभरमा १ अोभर मेडन राख्दै १२ रनमात्रै खर्चेर १ विकेट लिए।

उनको यही उत्कृष्ट प्रदर्शनबाट प्रेरित नेपाली टोलीले न्यूजिल्याण्डमा भएको २०१४ को विश्वकप क्वालिफायर खेल्नुका साथै २०१४ को टी-२० विश्वकप पनि खेलेको थियो।

लगत्तै बर्मुडामा भएको डिभिजन तीनमा इटालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको नेपाललार्इ जित्नै पर्ने खेलमा उनले उक्तृष्ट बलिङ (१०-२-१५-२) गर्दै खेल बराबरीमा टुंग्याएका थिए। त्यसका कारण यूएसएसँग रनरेटमा अघि रहँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको थियो।

शक्तिले राष्ट्रिय टोलीबाट शतक समेत प्रहार गरिसकेका छन्। २००५ को आइसीसी विश्वकप छनोटमा उनले इटालीविरुद्ध १ सय ३ बलमा १ सय ६ रन प्रहार गर्दै नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका थिए। तर, नेपाली टोलीबाट एक हजार रन पूरा गर्ने भने उनी पहिलो ब्याट्सम्यान हुन्।