कप्तान पारस खड्काले बनाए नयाँ कीर्तिमान - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कप्तान पारस खड्काले बनाए नयाँ कीर्तिमान



काठमाडौं । नेपालले अहिले घरेलु टिम मलेसियासँग पहिलो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ  ।

घरेलु टोली मलेसियाले दिएको १२९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको नेपालले पारस खड्काको कीर्तिमानी ब्याटिङ गर्दै यो जित निकालेको हो  ।

योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्  । यस्तै पारस टी-ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।  नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।