पारस र राजपरिवारका बीचमा झगडा ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

पारस र राजपरिवारका बीचमा झगडा !



काठमाडौँ । पूर्व युवराज पारसविक्रम शाहको चालिसौं शुभजन्मोत्सव मनाउन भनेर उनको सम्पूर्ण परिवार केही दिन अगाडि नै पोखरा पुगेको थियो । यसरी अंग्रेजी नयाँ वर्ष बर्ष २०१९ सँगै पारसको शुभजन्मोत्सव मनाउन पनि पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहसँगै पारसकी धर्म पत्नी हिमानी शाह र उनका छोराछोरीहरु लगायत राजपरिवारका अन्य सदस्यहरु समेत केही दिन अगाडि पोखरा पुगेका थिए ।

अंग्रेजी नयाँ बर्ष २०१९ र पारस शाहको जन्मोत्सव सनाउन राजपरिवार सम्पूर्ण सदस्यहरु पोखरा पुगेको अवस्थामा पूर्व युवराज पारस भने केही साथी लिएर आफ्नो जन्मोत्सव मनाउन चितवन झरेका छन् । पारस र राजपरिवारकाबीचमा झगडा भएको कारणले गर्दा पूर्व युवराज पारस एक्लै आफ्नो जन्मदिन मनाउन चितवनतिर लागेको निकटवर्ती सूत्रको दाबी रहेको छ ।

पूर्व युवराज पारस २०७५ पुस १५ गते चालीसौं बर्षमा प्रवेश गरेका हुन् । केही दिन अगाडि काठमाडौंको तिर्सरा रेष्टुरेण्टमा आयोजित एक पारिवारिक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाससँगै पारस समेत उपस्थित रहेका थिए र उक्त पारिवारिक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले नाचेर खुसी समेत व्यक्त गरेका थिए । त्यस अवसरमा पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारसका बीचमा मज्जाले कुराकानीसमेत भएको थियो ।

यो पृष्ठभूमिमा राजपरिवारको पारिवारिक जमघटमा आफ्नो जन्मोत्सव मनाउने कार्यक्रम परित्याग गरेर पासरस शाह किन चितवनतिर हान्निए भन्ने प्रश्न यतिखेर राजपरिवार र दरबार निकटहरुका बीचमा जन्मिएको छ । आजको साँघु साप्ताहिकबाट ।