नेपालको पाँचौं विकेट गयो, पारस १२ रनमै आउट - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

नेपालको पाँचौं विकेट गयो, पारस १२ रनमै आउट



पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले अाफ्नाे पाँचाैं विकेट गुमाएको छ । पाँचाैं विकेटका रुपमा  २३औं ओभरको तेस्रो बलमा सोमपाल कामी पनि रनको खाता नखोली आउट भएका हुन् ।

उनलाई पारसको विकेट लिने पिटर सीलरले एलबीडब्लु गरेका थिए ।

 

१२ औं ओभरको समाप्तिमा कुनै विकेट नगुमाई ५८ रनको स्थितिमा रहेको नेपाली टोली २० ओभरमा पुग्दा महत्वपूर्ण ४ विकेट गुमाउन पुग्यो ।

८ ओभरमा २९ रन जोड्दा नेपालले क्रमश अनिल साह, पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ शेखको विकेट गुमाउन पुग्यो ।

अनिलले  २१, पारसले १२, ज्ञानेन्द्र मल्लले ५१ रन बनाए भने आरिफ शेख डक आउट भए ।