पूर्वयुवराज पारस साथीहरूसँग जन्मदिन मनाउन चीतवनमा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पूर्वयुवराज पारस साथीहरूसँग जन्मदिन मनाउन चीतवनमा



काठमाडौ । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारस शाहले यो वर्ष अरु साथीहरूसँग मनाउने भएका छन्। शनिवारै चितवन आएका पारसका साथमा राजेश सिह, सितल सिहलगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन्।

पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन्। पुर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए। आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्।’

यही पुस १७ गते अग्रेजी नयाँ वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो। श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुगेकी थिइन्।

यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ। ज्ञानेन्द्र शाह पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।