पारस शाह फेरी विवादमा: दिउसै यस्तो अवस्थामा भेटीए - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

पारस शाह फेरी विवादमा: दिउसै यस्तो अवस्थामा भेटीए



काठमाडौं- सधैजसो विवादमा आउने पूर्वयुवराज पारस शाहको सोमबारको बसन्तपुर क्षेत्रमा रहेका मठमन्दिरको पूजाका क्रममा पनि देखाएको व्यबहारले पनि थप बिबादमा तानिएका छन् ।

उनको जय जयकारका नारा लागे पनि अपरान्ह नै उनी मस्त नशामा देखिएका थिए । नशामै उनले उक्त क्षेत्रको भ्रमण र पुजाआजा गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सर्वसाधारणसँग फूलगुच्छा लिँदा हल्लिरहेका शाहले पूजा पनि नशाकै सुरमा गरेका थिए । त्यसपछि सर्वसाधारणमाझ संवादको कार्यक्रम थियो जसमा उनले भनिदिए– म बोल्दिन !

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्डमा रहेका कारण पारसलाई राजावादीले बसन्तपुरको कुमारी, काल भैरवलगायतका मन्दिरमा हुने विशेष कार्यक्रममा बोलाएका थिए । उनी कार्यक्रममा आए, अनुहार चम्किलो पनि थियो तर पुरै नशामा थिए । कुमारी, काल भैरव मन्दिरमा पुजाआजा पनि गरे ।

कार्यक्रममा सहभागी मध्येका एक जना भन्छन्,‘अन्य बेला भन्दा फरक मुडमा देखिनुहुन्थ्यो, नशामा नै रहेको जस्तो देखिन्थ्यो । उहाँको बोली सुन्दा पनि त्यस्तै लाग्यो ।’