भारतीय राजदुतमाथि परराष्ट्रको लगाम !
स्वीकृतबिना आफूखुसी भेटघाट गर्ने राजदूतहरुमाथि परराष्ट्र मन्त्रालयले ‘लगाम’ लगाउने भएकाे छ । परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगलाई पत्र लेखेर नै यस बिषयमा सचेत गराएको छ ।
पत्रमा मन्त्री, प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका मेयरहरूसँग परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना भेटघाट गर्न नपार्इने निर्देशन दिएको छ ।
केपी ओली नेतृत्वको सरकार गठनपछि भारत र चीनका राजदूतले चाैतर्फि सक्रियता बढाए पछि यसाे गरिएकाे परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनीहरुल दैनिकजसो भेटघाटमा निस्किन्छन् । यस्ता भेटघाटमा चाहिँ मन्त्रालयको स्वीकृत नलिने गरेको परराष्ट्र मन्त्रालयका अधिकारीको गुनासो छ ।
कूटनीतिक क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेपछि मन्त्रालयले पत्र लेखेर कूटनीतिक नियोगलाई सचेत गराएको हो । मन्त्रालयले यसको जानकारी मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारलाई दिएको छ ।