ओली-नेपाल वार्तापछि दुवै समूहबीच परामर्श हुँदै - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

ओली-नेपाल वार्तापछि दुवै समूहबीच परामर्श हुँदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच पहिलो चरणको वार्ता सकिएको छ।

वार्तामा दुवै पक्षले आफ्ना आफ्ना अडान राखेको र ठोस सहमति केहि नभएपनि वार्ता सकारात्मक भएको नेता रघुजी पन्तले बताए । वार्ता सकिएलगत्तै दुवै पक्ष आन्तरिक परामर्शमा जुटेका छन् ।

एमालेमा विवाद चर्किएको बेला ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफल भएको थियो ।

भेटवार्तामा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भए ।

उक्त छलफलपछि नेता पन्त बाहिरिएका छन् भने अन्य नेताहरु पार्टी कार्यालयमा नै आ–आफ्नो पक्षका नेताहरुसँग छलफलमा जुटेको बताइएको छ ।