भारतीय मुलका पराग अग्रवाल बने ट्विटरका नयाँ सीइओ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतीय मुलका पराग अग्रवाल बने ट्विटरका नयाँ सीइओ



काठमाडौं- ट्विटरका सिइओमा भारतीय मुलका पराग अग्रवाल नियुक्त भएका छन् । ट्विटरका सहसंस्थापक तथा सिइओ ज्याक डोर्सेले राजीनामा दिएपछि अग्रवाल सीईओ बनेका हुन् ।

डोर्सेले सोमबार आफ्नो टिमलाई इमेल पठाएर ट्विटरको सिइओबाट राजीनामा दिएको घोषणा गरेका हुन्। आफ्ना सहकर्मीहरूलाई पठाएको इमेल उनले ट्विटसमेत गरेका छन्।

उनले लेखेका छन्, ‘यो कुरा कसैले सुनेको छ/छैन यकिन भएन, मैले ट्विटरबाट राजीनामा दिएँ।’ सोह्र वर्षपछि अब आफूले ट्विटर छाड्ने समय आएको उनले आफ्नो इमेलमा उल्लेख गरेका छन्।

ज्याकको राजीनामापछि ट्विटरका सिइओ पराग अग्रवाल नियुक्त भएका छन्। भारतीय मूलका अग्रवालले सोमबारदेखि सिइओको जिम्मेवारी सम्हालेका छन्।

अग्रवाल ट्विटरमा १० वर्षदेखि कार्यरत छन्। उनी सन् २०१७ देखि प्रमुख प्रविधि अधिकृतका रूपमा कार्यरत थिए।

‘उनीमाथिको मेरो विश्वास गहिरो छ,’ डोर्सेले लेखेका छन्। अग्रवालले पनि ज्याक डोर्सेलाई धन्यवाद दिएका छन्।