३ हजार मत गन्दा देउवा प्यानल धेरै पछाडी
काठमाडौँ – नेपाली कांग्रेसको उपसभापतिमा ३००० मत गणना भएको छ।
कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिका लागि भएको चुनावको मतगणना चलिरहदा संस्थापन इतर पक्षका दुई उम्मेद्वारले निरन्तर अग्रता लिइरहेका छन् । प्रारम्भिक मतगणनादेखि नै अग्रता लिइरहेका संस्थापन इतर पक्षका धनराज गुरुङ र चन्द्र भण्डारीले झण्डै ५० प्रतिशत मतगणना सकिदा पनि अग्रता कायमै राखेका हुन् ।
पछिल्लो मतपरिणामअनुसार ३००० मतगणना हुँदा धनराज गुरूङले १४६० मत ल्याएका छन् । यस्तै चन्द्र भण्डारीले ११७५ मत ल्याएका छन् । धनराज र चन्द्र भण्डारी संस्थापन इतर पक्ष शेखर कोइराला प्यानलबाट उपसभापतिको उम्मेद्वार हुन् ।
संस्थापन शेरबहादुर देउवा प्यानलका उपसभापतिका उम्मेद्वार पूर्णबहादुर खड्काले ८९० मत पाएका छन् । विजय गच्छदारले ८२२ र महेश आचार्यले ३५० मत पाएका छन्।
सभापतिमा संस्थापन पक्षका शेरबहादुर देउवा विजयी भएपनि उपसभापतिमा संस्थापन इतर पक्षले निरन्तर अग्रता लिइरहेका छ्न । जसले संस्थापन पक्षका अरु उम्मेद्वारलाई पनि सशंकित पारेको छ ।