पञ्जावको लज्जास्पद हार :१५ ओभर १ बलमा अलआउट - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

पञ्जावको लज्जास्पद हार :१५ ओभर १ बलमा अलआउट



इन्डियन प्रिमियर लिगमा प्लेअफमा आफ्नो सम्भावनालाई कायमै राख्नका लागि जित्नै पर्ने खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जावमाथि १० विकेटको जित निकालेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाव १५ ओभर १ बलमा अलआउट हुँदै ८८ रनमा समेटियो। पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेपनि केएल राहुल २१ तथा क्रिस गेल १८ रनमा आउट भएपछि पञ्जावको पारी समालिन सकेन्। उसका लागि थप दोहोरो रनको स्कोरका रुपमा एरोन फिन्चको सर्वाधिक २६ रन रह्यो। उसका ८ ब्याटसम्यान दोहोरो रनको स्कोर तयार गर्न असफल भए।

पञ्जावलाई सस्तैमा समेट्ने क्रममा उमेश यादवले ३ विकेट लिएका थिए। ८९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको बैंगलोरले ब्याटिङमा पनि सानदार प्रदर्शन गर्‍याे।

पार्थिव पटेल र विराट कोहलीको ओपनिङ जोडीले नै टिमलाई जित दिलायो। विराटले २८ बलमा ४८ तथा पटेलले २२ बलमा ४० रन बनाएर अविजित पेभिलियन फर्किए। दुईले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । बैंगलोरले ८ ओभर १ बलमा नै विना विकेट लक्ष्य पुरा गर्न सफल भयो।

जितसँगै उत्कृष्ट रनरेटका साथमा बैंगलोरले प्लेअफ सम्भावना कायमै राखेको छ। बैंगलोरको जितपछि अंक तालिकामा १२ खेलबाट ५ खेलमा जित निकाल्दै १० अंक भएको छ।

पञ्जावको समान खेलबाट १२ अंक छ। बाँकी खेलमा जित निकाल्ने चुनौती पञ्जावमाथी बढ्दै गएको छ।