नेविसघंद्धारा पाणिनी क्याम्पसमा विभिन्न कार्यक्रम सम्पन्न, स्व.कोईरालाको योगदान कहिल्यै भुल्न नहुने :मुस्कान - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

नेविसघंद्धारा पाणिनी क्याम्पसमा विभिन्न कार्यक्रम सम्पन्न, स्व.कोईरालाको योगदान कहिल्यै भुल्न नहुने :मुस्कान



 घनश्याम पौडेल /सन्धिखर्क, २६  माघ
नेपालको संविधान २०७२ का पिता, नेपाली कांग्रेसका पुर्व सभापती तथा पुर्व प्रधानमन्त्री स्व. शुशिल कोईरालाको प्रथम स्मृति दिवसमा नेपाल विद्यार्थी संघ पाणिनी बहुमुखी क्याम्पस मुल इकाइ समितीले नवआगन्तुक विद्यार्थीलाई स्वागत, हाजिरजवाफ तथा कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ ।


कार्यक्रममा हाजिर जवाफमा विविएस प्रथम वर्ष राजन महत्रा क्षेत्रीको समुह प्रथम, विविएस चौथौ वर्ष सर्मिला पन्थीको समुह द्धितिय, तेस्रो वर्ष पुष्पा गैरेको समुह तृतिय भएका छन ।

त्यस्तै कुर्ची दौडमा छात्रा सर्मीला पन्थी प्रथम, गिता पराजुली द्धितिय र तृतिय बसन्ता केसी भएका हुन, त्यस्तै छात्रहरुमा प्रकाश भट्टराई प्रथम, सरोज पोखरेल द्धितिय र शुसिल खत्री तृतिय भएका हुन ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले नेपाली कांग्रेसले जहिले पनी विद्यार्थीले पढन, लेख्न पाउनुपर्ने, गरिव जनता धनी बन्नुपर्छ भन्ने परिवर्तनको लडाई नेपाली कांग्रेसले गरीरहेको बताउनुभयो ।आउदै गरेको स्ववियु चुनावको थालनी नेविसंघले कोहि पनी विद्यार्थी, पढन लेख्नबाट बन्चीत नहोस भनी नेपाली कांग्रेसका नेताहरु जेलबसेर भएपनी स्ववियु चुनावको थालनी गरेको बताउनुभयो ।

मुस्कानले २०६४ सालपछी नेपालमा धेरै प्रधानमन्त्री बनेपनी स्व. नेपाली कांग्रेसका पुर्व सभापती शुशिल कोईरालाको योगदानमा मुलुकले नेपालको संविधाान २०७२ पाएकोले स्व. कोईरालाको योगदान कहिल्यै भुल्न नहुने बताउनुभएको थियो ।


कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष युवराज पाण्डेले पाणिनी क्याम्पसमा ३ पटक भएको चुनावमा अरुले जिते पनी क्याम्पसमा कुनै परिवर्तन नआएकोले अहिले हुने चुनावमा नेविसंघलाई विजयी बनाउन आग्रह गर्दै क्याम्पसको विकासमा नेविसंघले सधै रचनात्मक काम गरेको बताउदै आउदो स्ववियु चुनावमा नेविसंघ विजयी हुने बताउनुभयो ।


कार्यक्रममा कांग्रेस सिद्धाराका सभापती हिम्मत पोख्रेल, नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, नेविसंघ जिल्ला कार्य समितीका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद मरासिनी, जिल्ला सहसचिव कृष्णप्रसाद पौडेल, नेविसंघ महाधिवेशन प्रतिनिधी प्रकाश परियार, जिल्ला सदस्य गोविन्द भट्टराई, तरुण दल नगर अध्यक्ष जम्शेर मियाँ, अनेरास्वव्युका ठाकुर भुसाल, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष लक्ष्मण खडका, अखिल छैठौका जिल्ला अध्यक्ष गोपालप्रसाद भट्टराई लगाएतको अतिथ्यता रहेको थियो ।


कार्यक्रम नेपाल विद्यार्थी संघ पाणिनी बहुमुखी क्याम्पस मुल इकाइ समितीका अध्यक्ष रुद्रमणि भुसालको अध्यक्षता, जिल्ला उपाध्यक्ष सुरज रायमाझीको स्वागत र जिल्ला सदस्य घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।