पाणीनी कलाकार समाजलाई कानुनी मान्यता प्राप्त, समाजसेवी सुनारद्धारा कार्यालयको लागी दराज़ प्रदान । - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

पाणीनी कलाकार समाजलाई कानुनी मान्यता प्राप्त, समाजसेवी सुनारद्धारा कार्यालयको लागी दराज़ प्रदान ।



अर्घाखाँची /सन्धिखर्क,

लोक संस्कृति परम्परा मौलिकता बचाउने उद्देश्यले खोलिएको पाणिनी कलाकार कल्याणकारी समाज,अर्घाखाँचीले स्थापनाको छोटों समयमै कानुनी मान्यता प्राप्त गरेको छ । तिहारको समयमै संस्थाले पाणिनी महोत्सव गर्ने योजना गरेको भएता पनि कानुनी वैधानिकता नपाएको कारण ढिलाई भएको थियो । जिल्ला प्रशासनवाट प्रमाण पत्र पाए लगतै पान र समाज कल्याणको कार्य प्रक्रिया अगाडी वढेको अध्यक्ष टिकाराम गौतमले जानकारी दिनु भएको छ । संस्थाले कानुनी मान्यता प्राप्त गरेलगत्तै दाताहरुको सहयोग आउने क्रम सुरु भएको छ ।

समाजसेवी युवा विजय सुनार देखी एउटा दराज़ प्रदान भएको छ । अर्घाखाँची जिल्ला सनपा ८ किमडाड स्थाई घर भई हाल अमेरिकामा वसोवास गर्दै आउनु भएका उहाँ नेपाली कला संस्कृति र पत्रकारितालाई धेरै गहिराईवाट नियाली रहुनु भएको छ । जिल्लाको स्वतन्त्र पत्रकारिता र संगितको क्षेत्रमा अव्वल क्षमता राख्ने युवा डिआरजी सुमनको नेतृत्वमा नव गठित पाणिनी कलाकार कल्याणकारी समाज,अर्घाखाँचीको लागी आफुले सानो भएपनि सहयोग गर्न तयार रहेको ईच्छा जाहेर गरि आफ्नै दिदीको शान्ता सुनारको हातवाट उक्त संस्थाका संरक्षक डिआरजी सुमनलाई दराज हस्तान्तरण गर्नु भएको छ । विजय सुनार चर्चित गायककार कमल सौरगको दाई हुनु हुन्छ ।

पाणिनीको क्षेत्रमा रहेका कलाकारको एकतामा स्थापित समाजले निकट समयमै पाणिनी क्षेत्रलाई समेटेर लोक एलवम निकाल्ने तयारी रहेको अध्यक्ष टिकाराम गौतमले वताउनु भएको छ । हामी पाणिनीका अग्रज कलाकारको सम्मान र नव प्रतिभाको लागी स्थान दिने उद्देश्यका साथ स्थापना गरेका हौ महासचिव तीलक वेल्वासेले भन्नुहुन्छ ।

ऐतिहासिक पाणिनि तपोभूमीको काखमा अवस्थित पाणिनी गाँउ पालिकामा स्थापित यो संस्थामा आफुले तन धन र मनले सहयोग गर्ने प्रतिबद्धता पालिका उपादक्ष्य लक्ष्मी गौतमले दिनु भएको छ । पाणिनीको पत्रकारिता सहित कलाकारीतामा क्रियाशिल रुपमा काम गर्दै आएका डिआरजीको क्षमताको क़दर गर्दै यो सामाग्री दिन ईच्छा जागेको विजय सुनारले वताउनु भयो । संस्था स्थापना गरि दर्ता प्रक्रिया सम्पन्न गरेकोमा प्रमुख जिल्ला अधिकार खिमराज भुसालले सुभ कामना दिनु भएको छ । यस्तै पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँचीले जिल्लाको कलाकारीतामा उच्च कार्य गर्न सकोस सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले आफ्नो सुभ कामना संदेशमा भन्नु भएको छ ।

पाणिनि कलाकार कल्याणकारी समाज अर्घाखाँचीले वैधानिकता प्राप्त गरेको अवसरमा शुभ कामना दिदै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम लेकाली,राष्ट्रीय लोक दोहोरी प्रतिष्ठान अध्यक्ष सहयोगी विसी,अर्घाखाँची टाईम्सका प्रधान सम्पादक नविन केसीले संस्थाको लागी आवश्यक सवै सहयोग गर्न तत्पर रहेको जनाउनु भएको छ । – तस्वीर डिआरजी सुमन